अख्तियार प्रवक्ताको भन्सार विभागमा सरुवा, राय मन्त्रालय तानिए
काठमाडौं, फागुन ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगाल भन्सार विभागको महानिर्देशक भएका छन् ।
अर्थ मन्त्रालय अन्तर्ग....

काठमाडौं, फागुन ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगाल भन्सार विभागको महानिर्देशक भएका छन् ।
अर्थ मन्त्रालय अन्तर्गत रहेको भन्सार विभागका हालका महानिर्देशक तोयम रायको ठाउँमा दंगाललाई सरुवा गरिएको हो । रायलाई भने अर्थ मन्त्रालय तानिएको छ ।
वातावरण मन्त्रालयबाट अख्तियारमा गएका दंगाललाई भन्सारमा सरुवा गरिएको हो । ‘मेरो अख्तियारबाट भन्सारमा सुरुवा भएको छ, भोली शुक्रबारदेखि हाजिर हुनेछु,’ काठमाडौं प्रेससँग दंगालले भने । आफूले भन्सारलाई व्यवस्थित गर्न सक्दो राम्रो गर्ने समेत दंगालले बताए ।
यसअघिका महानिर्देशक रायसँग अर्थमन्त्री डा.युवराज खतिवडा असन्तुष्ट रहेका थिए । जसका कारण एकवर्ष पनि नपुग्दै रायको सरुवा भएको हो ।
खासगरी भन्सारमा कडाईका साथ प्रस्तुत भएका अर्थमन्त्री खतिवडाको स्पिरिटलाई रायले पक्रन नसकेकाले छिट्टै सरुवा गरिएको अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।
एक महिनादेखि अर्थमन्त्री डा.खतिवडा विभागका महानिर्देशक रायलाई सरुवा गर्न लागेका थिए । तर अर्थ मन्त्रालयबाट कोही पनि भन्सारको महानिर्देशकमा जान तयार नभएपछि अर्थमन्त्री डा. खतिवडाले दंगाललाई भन्सारमा लगेका हुन् ।











