Kathmandu Press

कोरोनाभाइरसबाट पाकिस्तानमा एकै दिन एक सय जनाको मृत्यु

इस्लामाबाद, जेठ २७ : पछिल्लो २४ घण्टामा पाकिस्तानमा एक सउ भन्दा बढीको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ। 

गत मध्य मार्च महिनादे....

कोरोनाभाइरसबाट पाकिस्तानमा एकै दिन एक सय जनाको मृत्यु

इस्लामाबाद, जेठ २७ : पछिल्लो २४ घण्टामा पाकिस्तानमा एक सउ भन्दा बढीको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ। 

गत मध्य मार्च महिनादेखि जारी आंशिक लकडाउनको अवधिमा भएको मृत्युको यो संख्या सबैभन्दा ठूलो हो। 

Hardik ivf

मंगलबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट एक लाख ८ हजार ३१६ जना संक्रमित भएका छन् भने कूल मृत्यु हुनेको संख्या दुई हजार १७२ पुगेको छ। 

स्वास्थ्य विज्ञ एवं विपक्षी राजनीतिज्ञहरुले निरन्तर आलोचना गरेपनि प्रधानमन्त्री इमरान खानले लकडाउनका प्रतिबन्धहरु निरन्तर खुकुलो बनाएका छन्। उनले पूर्ण लकडाउनबाट मुलुकको अर्थतन्त्र धरासायी हुने बताउँदै यसबाट २२ करोड पाकिस्तानी जनताको जीवनयापनमा ठूलो संकट आउने चेतावनी दिएका छन्।

पाकिस्तानमा गरिबीको स्तर करिब ३० प्रतिशत छ, अर्थात उनीहरुको दैनिक आय १ दशमलब ९० डलरभन्दा कम छ। पाकिस्तानमा सामाजिक दूरी कायम गर्ने तथा मास्क लगाउनुपर्ने नियम भए पनि धेरैले यसलाई बेवास्ता गरिरहेका छन्।

प्रकाशित मिति: १३:५३ बजे, मंगलबार, जेठ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्