Kathmandu Press

पछिल्लो दुई हप्तामा जम्मु र काश्मिरमा ६ उच्च कमाण्डरसहित २२ आतंककारी मारिएको दाबी

श्रीनथर, जेठ २७ : भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा जारी राखेको आतंककारीविरुद्धको कारवाहीका क्रममा गएको दुई हप्तायता मात्र कम्तीमा पनि २२ जना....

पछिल्लो दुई हप्तामा जम्मु र काश्मिरमा ६ उच्च कमाण्डरसहित २२ आतंककारी मारिएको दाबी

श्रीनथर, जेठ २७ : भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा जारी राखेको आतंककारीविरुद्धको कारवाहीका क्रममा गएको दुई हप्तायता मात्र कम्तीमा पनि २२ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ।

यस अवधिमा यहाँका आतंककारीका विरुद्धमा भारतीय सेनाले व्यापक मात्रामा कारवाही गरिरहेको बताएको छ। साथै भारतीय सेनाले यस दुई हप्ताको समयमा उक्त क्षेत्रमा विभिन्न आतंककारी संगठनका गरी कम्तीमा पनि ६ जना उच्च कमाण्डर पनि मारिएको बताएको छ। 

यसअघि सोमबार मात्र पनि भारतीय सेनाले उक्त क्षेत्रमा गएको ६ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा कारावाही जारी राखेको र त्यस क्रममा कम्तीमा पनि ९३ जना आतंककारीहरु मारिएको बताएको थियो। 

भारत प्रशासित जम्मु र काश्मिरका प्रहरी प्रमुख दिलबाग सिंहले भारतीय सेना र प्रहरीले गरेको यस संयक्त कारवाहीका क्रममा ती आतंककारी मारिएका जानकारी दिएका छन्। 

साथै उनले त्यसमा आतंककारी संगठनका केही उच्च कमाण्डरहरु पनि रहेको जानकरी दिए। भारतीय सैनिक स्रोतले दिएको जानकारी अनुसार सो क्षेत्रमा अहिले पनि आतंककारी विरुद्धको कारवाही जारी रहेको छ।  

त्यसैगरी गएको शनिबार यता मात्र यहाँ भारतीय सुरक्षा निकायले गरेको कारवाहीमा नौ जना आतंककारी मारिएको पनि बताइएको छ। यस कारवाहीमा जैस ए मोहमद, लस्कर ए तोएबालगायतका आतंककारी संगठनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ। 

ती आतंककारी भारतीय तथा विदेशीसमेत रहेको पनि समाचारमा जनाइएको छ। यस कारवाबाहीका क्रममा भारतीय सुरक्षा निकायका सदस्यहरुलाई भने कुनै क्षति नपुगेको अधिकारीहरुले जनाएका छन्। 

प्रकाशित मिति: १३:३८ बजे, मंगलबार, जेठ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्