दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोभिड-१९ सँग मिल्दोजुल्दो लक्ष्यण
काठमाडौं, जेठ २७ : भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल बिरामी भएका छन् । ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरु उनलाई देखिए....

काठमाडौं, जेठ २७ : भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल बिरामी भएका छन् । ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरु उनलाई देखिएको केजरीवाल निकटस्थ स्रोतले जानकारी दिएका छन् ।
कोरोनाभाइरसको सङ्क्रमण हुँदा देखिने लक्षणसँग मिल्दो जुल्दो लक्षणहरु देखिएपछि उहाँ सोमबारदेखि आफ्नै निवासमा छुट्टै बस्न थालेका छन् । उनको आज कोरोना परीक्षण गरिने तयारी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
आइतबार दिउसोदेखि उनले आफ्ना सबै बैठक तथा भेटघाटहरुलाई स्थगित गरेका छन् । आम आद्मी पार्टीका नेता समेत रहेका ५१ बर्षीय केजरीवाललाई कोरोनाभाइरसका विरामीलाई देखिनेजस्तै लक्षण देखिएको र मङ्गलबार परीक्षण गर्ने तयारी भएको पार्टीका अर्का नेता तथा राज्य सभा सदस्य सन्जय सिंहले जानकारी दिए ।












