Kathmandu Press

विश्वभर कोरोना संक्रमितको संख्या ७१ लाख वढी, ४ लाख ८ हजारले ज्यान गुमाए 

काठमाडौं, जेठ २७ : विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ । यस्तै संक्रमित ७१ लाख मध्य....

विश्वभर कोरोना संक्रमितको संख्या ७१ लाख वढी, ४ लाख ८ हजारले ज्यान गुमाए 

काठमाडौं, जेठ २७ : विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ । यस्तै संक्रमित ७१ लाख मध्ये ३५ लाख ३० हजार बढी उपचार पछि निको भएका छन् ।

सक्रमित मध्ये ५३ हजार ७ सय बढीको अवस्था गंभीर छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १३ हजार नाघेको छ भने संक्रमितको संख्या २० लाख २६ हजार बढी छ ।

Hardik ivf

बेलायतमा २ लाख ८७ हजार संक्रमित मध्ये ४० हजार ५ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३५ हजार संक्रमित र ३३ हजार ९ बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ५४ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २९ हजार नाघेको छ ।

ब्राजिलमा ७ लाख १० हजार बढी संक्रमित हुंदा ३७ हजार बढीको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८६ हजार बढी संक्रमित र ८ हजार ७ सय बढी मृत्यु भएको छ । रसियामा ४ लाख ७६ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार नाघ्दा ७ हजार ४ सय ७३ जनाको मृत्यु भएको छ ।
 

प्रकाशित मिति: ०७:०६ बजे, मंगलबार, जेठ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्