Kathmandu Press

संसदीय समिति गठन गर्न ढिलाइ गरेको भन्दै माइतीघरमा नेविसंघको विरोध

काठमाडौं, जेठ २६ : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले रुकुमपश्चिमको चौरजहारी घटनाको छानबिनको लागि संसदीय समिति गठन गर्न ढिलाई गरेको भन्दै विरोध प्रदर्शन....

संसदीय समिति गठन गर्न ढिलाइ गरेको भन्दै माइतीघरमा नेविसंघको विरोध

काठमाडौं, जेठ २६ : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले रुकुमपश्चिमको चौरजहारी घटनाको छानबिनको लागि संसदीय समिति गठन गर्न ढिलाई गरेको भन्दै विरोध प्रदर्शन गरेको छ। सभामुखले संसदीय समिति गठन गर्ने भनेपनि समिति गठनमा ढिलाइ गरेको भन्दै आज माइतीघरमा विरोध प्रदर्शन गरेको हो। 

प्रदर्शनमा नेविसंघका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ गर्दा घटनालाई लुकाइ पीडकहरूलाई उन्मुक्ति दिने खतरा बढेको बताए।  उनले राज्य पक्षबाट पीडकहरूलाई संरक्षण गर्ने प्रवृत्ति देखिएकाले उक्त परिस्थितिलाई रोक्न र पीडितलाई न्याय दिन सदन र सडक दुवै ठाउँबाट दबाब दिनुपरेको बताए। 

Hardik ivf

विरोध प्रदर्शनमा नेपाल दलित विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका विद्यार्थीहरूको समेत सहभागित रहेको थियो।

प्रकाशित मिति: १९:१५ बजे, सोमबार, जेठ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्