भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघ्यो
काठमाडौं, जेठ २६ : भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको छ ।
भारतमा तीन दिन यतामात्रै ३० हजारभन्दा बढी संक्रमित थपिएका हुन् ।....

काठमाडौं, जेठ २६ : भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको छ ।
भारतमा तीन दिन यतामात्रै ३० हजारभन्दा बढी संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १० हजार ८८४ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा सोमबार बिहान यो समाचार तयार पार्दासम्म २ लाख ५७ हजार ५०६ जनामा संक्रमण पुष्टि भएको छ ।
एकै दिन अरू २६१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ७ हजार २०७ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख २३ हजार ८४८ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०७:१६ बजे, सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












