Kathmandu Press

लामखुट्टेले कोरोनाभाइरस सार्छ ? 

गर्मी बढ्दैछ। लामखुट्टे पनि बढ्न थाल्छ। कोरोनाभाइरसको महाव्याधिमा बेग्लै चिन्ता छ। लामखुट्टेको टोकाइबाट कोरोनाभाइरस सर्छ ? जाइका भाइरस, मलेरिया, डेंगी, वेस्ट नाइल भाइर....

लामखुट्टेले कोरोनाभाइरस सार्छ ? 

गर्मी बढ्दैछ। लामखुट्टे पनि बढ्न थाल्छ। कोरोनाभाइरसको महाव्याधिमा बेग्लै चिन्ता छ। लामखुट्टेको टोकाइबाट कोरोनाभाइरस सर्छ ? जाइका भाइरस, मलेरिया, डेंगी, वेस्ट नाइल भाइरस   लामखुट्टेले सार्ने रोगको सूचि निकै लामो छ। 

त्यसैले लामखुट्टेको टोकाइबाट कोरोनाभाइरस सर्ने वा नसर्ने चिन्ता भएको अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले (सिडिसि) बताएको छ। अब नयाँ अध्ययनले यो प्रश्नको उत्तर खोज्नेछ। प्रोपब्लिकाको अप्रिल १५ को मेमो अनुसार युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ एग्रिकल्चरले (युएसडिए) लामखुट्टेको टोकाइबाट कोरोनाभाइरस सर्ने नसर्नेबारे अनुसन्धान गर्नेछ।

Hardik ivf

तर एउटा शुभसमाचार छ, लामखुट्टेको टोकाइबाट कोरोनाभाइरस सर्ने सम्भावना एकदमै न्युन नभएको विशेषज्ञहरू बताउँछन्। कोरोनाभाइरस श्वासप्रश्वासको छिटाबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट व्यक्तिमा भाइरस सर्ने सम्भावना अत्यन्तै कम भएको इकोल हेल्थका लियान पोस्टनले बताए।

“लामखुट्टेको टोकाइबाट सर्नलाई व्यक्तिको रक्तसञ्चार प्रणालीमा भाइरस हुनुपर्छ,” उनले भने। त्यसपछि लामखुट्टेभित्र भाइरसले प्रजनन गर्नुपर्छ जुन पुष्टि नभएको पोस्टनले बताए। अनि,“भाइरस लामखुट्टेको र्यालल उत्पादन गर्ने ग्रन्थिसम्म पुग्नुपर्छ।” यसो हुँदा मात्रै लामखुट्टेले टोक्दा अर्को व्यक्तिमा भाइरस सर्छ।

घरपालुवा जनावर र दुर्लभ पशुमा कोरोनाभाइरस देखिए पनि,“एउटा प्रजातिमा संक्रमणका लागि अभ्यस्त भइसकेको भाइरसले अर्को प्रजातिलाई खासै नरूचाउने” पोस्टनले बताए।

भाग्यवश सिडिसिले पनि पोस्टनको निष्कर्षलाई सहि मानेको छ। लामखुट्टे वा किर्नाले कोरोनाभाइरस सार्नसक्छ भन्ने कुनै प्रमाण नभएको सिडिसिले उल्लेख गरेको छ। विश्व स्वास्थ्य संगठनल् पनि यसरी भाइरस सर्ने सम्भावना नभएको बताएको छ।

युएसडिएले अनुसन्धान गर्दै गर्छ। अहिलेलाई हामी हात धुन सक्छौं। किटनाशकको प्रयोग गर्नसक्छौं। सरसफाइमा ध्यान दिनसक्छौं।

प्रकाशित मिति: ०६:४२ बजे, सोमबार, जेठ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्