विप्लव माओवादीमाथि प्रतिवन्धको नेकपाकै नेताहरुको विरोध
काठमाडौं, फागुन २९ : नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपाल लगायत केही नेताहरुले पार्टीमा छलफल नगरी विप्लव समूहलाई प्रतिबन्ध गर्नु उचित नभएको ....
काठमाडौं, फागुन २९ : नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपाल लगायत केही नेताहरुले पार्टीमा छलफल नगरी विप्लव समूहलाई प्रतिबन्ध गर्नु उचित नभएको बताएका छन् ।
संसद भवन नयाँ वानेश्वरमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै नेपालले दिर्घकालिन प्रभाव पर्ने गम्भीर विषयमा पार्टीमा छलफल नै नगरी निर्णय गर्ने कार्यशैली ठीक नभएको बताए ।
नेकपाकै अर्को नेता देवेन्द्र पौडेलले पनि सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टीमाथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता पौडेलले अधिकतम लचिलो भएर वार्तामा ल्याउन पहल गर्नुपर्ने बताए । ‘पार्टीमा छलफल हुन बाँकी छ । मेरा कुराहरु पार्टीमा राख्छु तर म यति भन्न चाहन्छु कि कुनै पनि पक्षलाई धकेल्ने, निशेध गर्ने र बाध्यात्मक बाटो लिन बाध्य पार्ने काम राज्यले गर्नु हुँदैन ।’






