Kathmandu Press

कोरोना महामारी : विश्वमा मृतकको संख्या ४ लाख नाघ्यो 

काठमाडौं, जेठ २५ : विश्वमा कोरोना संक्रमणको महामारीबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ।  

पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हु....

कोरोना महामारी : विश्वमा मृतकको संख्या ४ लाख नाघ्यो 

काठमाडौं, जेठ २५ : विश्वमा कोरोना संक्रमणको महामारीबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ।  

पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १ हजार ९७८ जना पुगेको हो। संसारभर ६९ लाख ७० हजार ४४३ जना कोरोना भाइरसबाट संक्रमित छन्। त्यस्तै अहिलेसम्म विश्वभर ३४ लाख ११ हजार ७७ जना ठिक भएका छन्।  

Hardik ivf

अमेरिकामा १९ लाख ८८ हजार ४६१  संक्रमित भएका छन् भने एक लाख १२ हजार ९६ जनाको मृत्यु भएको छ। ७ लाख ४८ हजार ६८७ निको भएर फर्किएका छन्।

ब्राजिलमा ६ लाख ७३ हजार ५८७ जना संक्रमित भएका छन् भने ३५ हजार ९५७ जनाको मृत्यु भएको छ। अहिलेसम्म ३ लाख २ हजार ८४ जना ठिक भएका छन्।  

रसियामा अहिलेसम्म ४ लाख ५८ हजार ६८९ जना संक्रमित भएका छन् भने ५ हजार ७२५ जनाको कोरोनाबाट मृत्यु भएको छ। त्यस्तै अहिलेसम्म २ लाख २१ हजार ३८८ जना ठिक भएका छन्।

बेलायतमा अहिलेसम्म २ लाख ८४ हजार ८६८ कुल संक्रमित भएका छन् भने ४० हजार ४६५ जनाको मृत्यु भएको छ।

इटालीमा २ लाख ३४ हजार ८०१ जना कुल संक्रमित भएका छन् भने ३३ हजार ८४६ जनाको मृत्यु भएको छ। यसैबीच एक लाख ६५ हजार ७८ जना निको भएर फर्किएका छन्।  

भारतमा अहिलेसम्म २ लाख ४६ हजार ६२२ जना संक्रमित भएका छन् भने ६ हजार ९४६ जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म एक लाख १८ हजार ६९५ जना ठीक भएर घर फर्किएका छन्।  

प्रकाशित मिति: ०७:१५ बजे, आइतबार, जेठ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्