विश्वमा कोरोना महामारी : मृतकको संख्या ४ लाख नजिक, ६८ लाख संक्रमित
काठमाडौं, जेठ २४ : विश्वभर कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ४ लाख नजिक पुगेको छ । यस्तै संक्रमितको संख्या ६८ लाख नाघेको छ ।
....
काठमाडौं, जेठ २४ : विश्वभर कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ४ लाख नजिक पुगेको छ । यस्तै संक्रमितको संख्या ६८ लाख नाघेको छ ।
यो समाचार तयार पार्दासम्म वल्डोमिटरका अनुसार ६८ लाख ४४ हजार संक्रमित भइसकेकोमा ३ लाख ९८ हजार १ सय ४१ को मृत्यु भइसकेको छ । यस्तै करिब ३३ लाख संक्रमित निको भएर घर फर्किसकेका छन् ।
सबैभन्दा बढी अमेरिकामा एक लाख ११ हजारको मृत्यु भएको छ भने १९ लाख संक्रमित भइसकेका छन् । दोस्रोमा ब्राजिलमा ६ लाख संक्रमित संख्या पुग्दा ३५ हजारले ज्यान गुमाएका छन् । रुसमा साँढे चार लाख संक्रमित संख्या पुग्दा ५ हजारको मृत्यु भएको छ ।
स्पेनमा २७ हजार, बेलायतमा ४० हजारको मृत्यु भएको छ । यस्तै धेरै संक्रमित हुने देशको सुचीमा भारत छैंठो नम्बरमा पुगेको छ । त्यहाँ २ लाख ३६ हजार संक्रमित हुँदा ६ हजार ६ सयको मृत्यु भइसकेको छ ।












