विकास भयो एक्लोपनमा न्यानो अनुभव गराउने उपकरण
स्वीडेनका एलेक्ज्यान्डर लर्भिकले एक्लोपनमा न्यानो अनुभव गराउने उपकरण विकास गरेका छन्।
उनी भन्छन्,“समाजमा विशेषगरी स्वीडेनमा धेरै जना एक्लै बस्छन्....

स्वीडेनका एलेक्ज्यान्डर लर्भिकले एक्लोपनमा न्यानो अनुभव गराउने उपकरण विकास गरेका छन्।
उनी भन्छन्,“समाजमा विशेषगरी स्वीडेनमा धेरै जना एक्लै बस्छन्। मृत्यु भएको महिनौं बित्दा पनि उनीहरू फेला पर्दैनन्। कोही नहुनु र एक कल फोनबीच उनीहरूले कसरी सम्पर्क गर्न सक्लान् भनेर सोच्न थाले। फोन गर्नलाई त बोल्ने व्यक्ति पनि चाहिन्छ।”
“मैले ल्याम्प (बत्ती) बारे सोच्न थाले। मोबाइल फोनमा औंला घुमाउँदा स्क्रिनमा हुने प्रतिक्रिया पहिले नै थियो। यो प्रविधिलाई प्रयोग गर्न सकिन्छ भन्ने लाग्यो,” उनले भनेका छन्।
उसो भए यो ल्याम्पले कसरी काम गर्छ त?
उनी भन्छन्,“यसलाई वाइ फाइमार्फत जोड्न सकिन्छ। एउटा जापानमा हुनसक्छ, अर्को स्वीडेन वा अन्यत्र कतै। यहाँ भएको ल्याम्प छुँदा अर्कोमा रातो बत्ती बल्न थाल्छ। यसमा हात घुमाए भित्र भएको हिटरले शरीरको तापक्रम बराबर ताप दिन्छ। छुँदा समाउँदा आनन्द लाग्छ।”
“उदाहरणका लागि मेरी आमाले यसलाई सुम्सुम्याउँदा मेरोमा भएको ल्याम्प बल्न थाल्छ। म पनि त्यस्तै गर्छु। दुबै ल्याम्प मुटुको धड्कन जस्तै झिपझिप बल्न थाल्छ।”
तर यसको पछाडि कुनै अनुसन्धान भने गरिएको छैन। लर्भिक भन्छन्,“म बत्ती र बत्तीसँग गर्न सकिने प्रतिक्रियादेखि सधैं मोहित भएको छु। दुई दशकभन्दा अघि मैले पहिलो प्रयोग गरेको थिएँ। ढोका खोल्दा हरियो र बन्द गर्दा रातो बत्ती बल्थ्यो।”
उनले बनाएको ल्याम्पले प्रतिक्रिया पनि राम्रो पाएको छ।
“मैले एउटा संग्रहालयमा १२ सामग्री राखेर प्रदर्शनी गरेको थिएँ। ल्याम्प नै सबैको आकर्षण बन्यो। कति त रोए पनि प्राय: पाका उमेरका व्यक्ति थिए। त्यस्तो ५/६ पटक भयो। एक महिलाले ६ ओटा ल्याम्प चाहिएको बताइन्। उनी छोराछोरी र नातिनातिनालाई दिन चाहन्थिन्। भावनाको आधारमा बत्तीको रंग बदल्न सकिन्छ कि भनेर कति जनाले सोधेका पनि छन्। सायद भविष्यमा सम्भव होला,” लर्भिकले भने।
ल्याम्पको पूर्ण विकास भए पनि उत्पादनका लागि बजारमा गएको छैन। लर्भिक भन्छन्,“दुई उत्पादकसँग कुरा भइरहेको छ। अर्को वर्ष बजारमा आउने आशा गरेको छु। सबै तयारी पूरा छ।”












