Kathmandu Press

महागरको वडा कार्यालयमा बम विस्फोट

चितवन, फागुन २९ : भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिन्डर बम विस्फोट भएको छ ।

मंगलबार राति करिब....

महागरको वडा कार्यालयमा बम विस्फोट

चितवन, फागुन २९ : भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिन्डर बम विस्फोट भएको छ ।

मंगलबार राति करिब १२ः३० बजे सिलिन्डर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चितवन प्रहरी प्रमुख सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए ।
जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट गरिएको हो।

विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको जनाएको छ।

 

प्रकाशित मिति: १३:१३ बजे, बुधबार, फागुन २९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्