विश्वभर कोरोना संक्रमणबाट २४ घण्टामा ५ हजार ५ सयको मृत्यु
काठमाडौं, जेठ २३ : महामारीका रुपमा फैलिएको कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वभरमा ५ हजार ४९९ जनाको मृत्यु भएको छ ।
सबैभन्दा धेरै ब्राजिल....

काठमाडौं, जेठ २३ : महामारीका रुपमा फैलिएको कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वभरमा ५ हजार ४९९ जनाको मृत्यु भएको छ ।
सबैभन्दा धेरै ब्राजिलमा १ हजार ४९२ जनाको २४ घण्टामा कोरोनाले ज्यान गएको छ । सोही अवधीमा अमेरिकामा १ हजार ३१ कोरोना संक्रमितको मृत्यु भएको छ ।
रुसमा १६९, स्पेनमा ५, बेलायतमा १७६, इटलीमा ८८, भारतमा २७५ कोरोना संक्रमितको ज्यान गएको छ ।
हालसम्म विश्वभर कोरोना संक्रमणबाट ३ लाख ९३ हजार १ सय १७ जनाको ज्यान गईसकेको छ भने करिब ६७ लाख संक्रमित रहेका छन् ।
प्रकाशित मिति: ०७:०९ बजे, शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार