माछापुच्छ्रे बैंक र रिज रेमिटबिच रेमिट्यान्स सम्झौता
नेपालमा रेमिट्यान्स सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्देश्यसहित दुवै पक्षबिच सम्झौता भएको हो । यससँगै औपचारिक रेमिट्यान्स कारोबारसमेत सुरु भएको बताइएको छ ।
काठमाडौं, मंसिर १० : माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको रेमिट्यान्स कम्पनी रिज रेमिट लिमिटेडबिच रेमिट्यान्स सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।
नेपालमा रेमिट्यान्स सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्देश्यसहित दुवै पक्षबिच सम्झौता भएको हो । यससँगै औपचारिक रेमिट्यान्स कारोबारसमेत सुरु भएको बताइएको छ ।
युरोपमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले रिज रेमिटको मोबाइल एप प्रयोग गरी सहज रूपमा नेपालमा रकम पठाउन सक्नेछन् ।
पठाइएको रकम माछापुच्छ्रे बैंकको एमबिएल रेमिटमार्फत भुक्तानी लिन सकिनेछ । साथै, माछापुच्छ्रे बैंकसहित नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत सिधै रकम जम्मा गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।
यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । बैंकले देशभर १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर, १९४ एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।






