आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने
महाशाखाका अनुसार आज (मंगलबार) देशभर मौसम मूख्यतया सफा रहनेछ ।काठमाडौं, मंसिर ८ : हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज (मंगलबार) देशभर मौसम मूख्यतया सफा रहनेछ ।
यस्तै आज राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ ।
तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
प्रकाशित मिति: ०७:२९ बजे, मंगलबार, मंसिर ८, २०८३
थप समाचार






