आन्दोलनका लागि तयार रहने नेता–कार्यकर्तालाई ओलीको निर्देशन
‘आन्दोलनको मानसिकताका साथ साथीहरू सबै हरदम तयार रहनू। आन्दोलन सधैँ लामो तयारी गरेर हुन्छ भन्न सकिँदैन । असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ,’ निर्देशन दिँदै ओलीले भने।
काठमाडौं, मंसिर १ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेता–कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन्।
अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने अवस्था आउने बताउँदै तयार रहने निर्देशन दिएका हुन्।
‘आन्दोलनको मानसिकताका साथ साथीहरू सबै हरदम तयार रहनू। आन्दोलन सधैँ लामो तयारी गरेर हुन्छ भन्न सकिँदैन । असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ,’ निर्देशन दिँदै ओलीले भने।
उनले कहीँ विद्रोह, कतै चुनाव त कहीँ उपद्रवबाट उलटफेर हुने बताउँदै ओलीले आफूहरू सधैँ अफ्ठ्यारोसँगै जुध्दै आएको बताए
‘हामीलाई कसैले बहिष्कार गर्छ कि गर्दैन, मतलब पनि छैन,’ उनले भने ‘नेपालको सबैभन्दा मजबुत देशभक्त, सबैभन्दा व्यापक सुदृढ शक्ति एमाले हो।’
प्रकाशित मिति: १४:३२ बजे, मंगलबार, मंसिर १, २०८३
थप समाचार






