दानबहादुर कार्कीको रिटमा भोलि प्रारम्भिक सुनुवाइ
आफूलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी महानिरीक्षकमा बढुवा सरकारको निर्णयविरुद्ध कार्कीले कात्तिक २० गते सर्वोच्च मा रिट निवेदन दर्ता गराएका थिए।
काठमाडौं, मंसिर १ : निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ।
आफूलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी महानिरीक्षकमा बढुवा सरकारको निर्णयविरुद्ध कार्कीले कात्तिक २० गते सर्वोच्च मा रिट निवेदन दर्ता गराएका थिए।
मन्त्रिपरिषदको निर्णय गैरकानूनी भएको र त्यसले आफूलाई अन्याय भएको दावी सहित कार्कीले गरेका छन्।
२० कात्तिकमा रिट निवेदन दर्ता भएकोमा सर्वोच्च अदालतले तिहार बिदापछि ३० कात्तिकमा मिति तोकेको थियो। तर सरकारले त्यो दिन छठको बिदा दिएकाले मुद्दाको सुनुवाइ स्वतः सरेको थियो।
तिहार र छठ बिदापछि मंगलबार अदालत खुलेपछि सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको हो। बुधबार एक न्यायाधीशको इलासमा कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ।






