प्याव्सन अध्यक्षमा पुरी
काठमाडौं, फागुन २९ : निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वमा टीकारामा पुरी चयन हुने भएका छन् । ....
काठमाडौं, फागुन २९ : निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वमा टीकारामा पुरी चयन हुने भएका छन् ।
अध्यक्षका लागि टीकाराम पुरी र डीके ढुङ्गानाको समूहले मनोनय दर्ता गराएका थिए । तर पूर्वअध्यक्षहरुको पहलमा सहमति कायम गरिएको हो । पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष हुने गरी समझदारी भएको छ । सहमति जुटेपछि त्यसलाई हलमा प्रस्तुत गर्ने तयारी भइरहेको छ ।
त्यस्तै, विधानमा नभएको सहअध्यक्ष र केही पद थपघट गर्ने सहमति पनि दुई पक्षबीच बनेको छ । सहमति पारित भएमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ र महासचिवमा कुमार घिमिरे चयन हुनेछन् ।
कूल दुई हजार ४३८ प्रतिनिधि सहभागी सम्मेलनमा आज निर्वाचनको कार्यक्रम तय गरिएको थियो । महाधिवेशनको मङ्गलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका थिए ।






