परराष्ट्रमन्त्री खनाल र भारतीय राजदूत दलेलाबीच भेट
भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल र फलदायी कार्यकालको शुभकामना दिए ।
काठमाडाैं, कात्तिक ३० : परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार शिष्टाचार भेट भएको हो ।
भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल र फलदायी कार्यकालको शुभकामना दिए ।
भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । साथै, दुवै देशबीच रहिआएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो ।
प्रकाशित मिति: १४:५७ बजे, सोमबार, कात्तिक ३०, २०८३
थप समाचार






