Kathmandu Press

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, कात्तिक ३० : हाल नेपालमा पश्चिमी न्युनचापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा हुस्सुरकुहिरो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतयता सफा रहेको छ ।

दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ।

कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।

प्रकाशित मिति: ०८:१० बजे, सोमबार, कात्तिक ३०, २०८३