Kathmandu Press

सुनको मूल्य तोलामै १३ हजार बढ्यो

आज सुन तोलामा १३ हजार तीन सय रुपैयाँले बढेर दुई लाख ८८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य तोलामै १३ हजार बढ्यो

काठमाडौं, कात्तिक १९ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा १३ हजार तीन सय रुपैयाँले बढेर दुई लाख ८८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६००  रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी २६५ रुपैयाँले बढेर तीन हजार ९२० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा तीन हजार ६५५ रुपैयाँमा कायम रहेको थियो।
 

प्रकाशित मिति: १२:५४ बजे, बिहीबार, कात्तिक १९, २०८३