Kathmandu Press

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो त्रैमासिकमा रु. २३९.३ करोड खर्च भएको छ। त्यसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए।
बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौं, कात्तिक १९ : आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो त्रैमासिकमा रु. २३९.३ करोड खर्च भएको छ। त्यसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए।

उनकाअनुसार महाकाली सिंचाइ आयोजना (कञ्चनपुर) ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गरेको छ। आयोजनाले रु ४३.७ करोड खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो।

महानिर्देशक रजौरियाले त्रैमासिक लक्ष्यको तुलनामा बबई सिंचाइ आयोजनाले ८१।८ प्रतिशत, सिक्टा सिंचाइ आयोजनाले ८०.२ प्रतिशत र रानी जमरा कुलरिया सिंचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेको बताए। 

‘यी चार ठूला आयोजनाले मात्र रु १३९ करोड खर्च गरेका छन्, जुन विभागको कुल खर्चको ५८ प्रतिशत हो,’ उनले भने। 

विभागकाअनुसार प्रगन्ना—बड्कापथ (दाङ) ले ८८.२ प्रतिशत प्रगति गरेको छ। गहिरो ट्युबवेल सिंचाइ आयोजना र सिंचाइ संस्थागत विकास कार्यक्रमले शत प्रतिशत लक्ष्य पूरा गरेका छन्।

‘तयारी पुगेका आयोजनामा बजेट र काम दुवै अघि बढेका छन्। दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा ल्याउनु हाम्रो प्राथमिकता हुनेछु।’ महानिर्देशक रजौरियाले भने।

प्रकाशित मिति: १२:४० बजे, बिहीबार, कात्तिक १९, २०८३