आजको मौसम : हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने
आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
काठमाडौं, कात्तिक९ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
प्रकाशित मिति: ०७:४१ बजे, सोमबार, कात्तिक ९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











