सम्झौतापछि डिल्ली हरिजनले तोडे आमरण अनशन
सम्झौताअनुसार एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकको मासिक निर्वाह भत्तासम्बन्धी मागलाई चिकित्सा शिक्षा आयोगको आगामी बैठकमा प्रस्तावका रूपमा पेस गरिनेछ। यसअघि गत साउन २२ गते मन्त्रालय र हरिजनबीच भएको सम्झौताको पहिलो बुँदामा उक्त विषय समेटिएको थियो ।
काठमाडौं, असाेज २३ : एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकको निर्वाह भत्तालगायतका माग राख्दै आमरण अनशनमा बसेका डिल्ली हरिजनले सरकारसँग सम्झौता भएपछि अनशन तोडेका छन् ।
नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग र अनशनरत हरिजनबीच शुक्रबार सम्झौता भएपछि उनले अनशन अन्त्य गरेका हुन् ।
हरिजन गत असोज १९ गतेदेखि चिकित्सा शिक्षा आयोगको परिसरमा पुनः आमरण अनशनमा बसेका थिए ।
सम्झौताअनुसार एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकको मासिक निर्वाह भत्तासम्बन्धी मागलाई चिकित्सा शिक्षा आयोगको आगामी बैठकमा प्रस्तावका रूपमा पेस गरिनेछ। यसअघि गत साउन २२ गते मन्त्रालय र हरिजनबीच भएको सम्झौताको पहिलो बुँदामा उक्त विषय समेटिएको थियो ।
त्यसैगरी, सम्झौतामा उल्लेख गरिएका अन्य मागका बुँदा नम्बर २, ३, ४ र ५ का सम्बन्धमा आयोगबाट सम्बोधन भइरहेको र आगामी दिनमा पनि सम्बोधन गरिने उल्लेख छ ।
इन्टर्न चिकित्सकको निर्वाह भत्तालगायतका माग सम्बोधन गर्न दबाब दिँदै हरिजनले यसअघि पनि अनशन बसेका थिए । यसअघि भएको सम्झौता कार्यान्वयनको माग गर्दै उनी पुनः अनशनमा बसेका हुन् ।
शुक्रबार भएको सम्झौतामा हरिजन, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारी र चिकित्सा शिक्षा आयोगका सदस्यसचिव हरिप्रसाद निरौलाले हस्ताक्षर गरेका छन् । सम्झौताका क्रममा चिकित्सा शिक्षाका विद्यार्थीहरू रेशम विष्ट, सन्तोष चौधरी र महेश्वर अधिकारी रोहबरमा बसेका थिए ।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)