Kathmandu Press

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ, असोज २३ : नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्यामब्रियान पट्रोल २०२६’ मा स्वर्ण पदक प्राप्त गरेको छ ।

बेलायतको वेल्सस्थित ब्रेकनमा यही असोज २१ देखि २२ सम्म सञ्चालन भएको सो प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक हासिल गरेको छ । संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त प्रतियोगितामा संयुक्त अधिराज्य बेलायतसहित ३५ राष्ट्रका १३० टोलीले सहभागिता जनाएका थिए । सन् १९६० देखि प्रत्येक बर्ष आयोजना हुँदै आएको यो अभ्यासमा नेपाली सेना सन् २०१४ देखि नै सहभागी भइरहेको छ ।

यस प्रतियोगितामा सहभागी टोलीले करिब ७० पाउन्ड तौल बराबरको उपकरणसहित ४० माइल दूरी दुई दिनभित्र पार गर्नुपर्ने हुन्छ । त्यस क्रममा हतियार सञ्चालन, सूचना सङ्कलन, घाइते र बिरामीको व्यवस्थापनलगायत विविध सैनिक कलाहरूको परीक्षण पनि गरिन्छ ।

यसअघि पनि नेपाली सेनाले सो प्रतियोगितामा सन् २०१७, २०१९, २०२४ र २०२५ मा स्वर्ण पदक हात पारिसकेको छ । 

प्रकाशित मिति: ०७:३० बजे, शुक्रबार, असोज २३, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्