Kathmandu Press

कांग्रेस खुला केन्द्रीय सदस्यमा बानियाँकाे उम्मेदवारी

बागमती प्रदेशतर्फका उम्मेदवारका लागि तय गरिएको राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन कार्यालयमा पुगेर बानियाँले केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेस खुला केन्द्रीय सदस्यमा बानियाँकाे उम्मेदवारी

काठमाडौं, असाेज २० : नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

बागमती प्रदेशतर्फका उम्मेदवारका लागि तय गरिएको राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन कार्यालयमा पुगेर बानियाँले केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् ।

बानियाँको प्रस्तावकमा सिरहा जिल्लाका पार्टी सभापति रामचन्द्र यादव, चितवन जिल्ला सभापति राजेश्वर खनाल र दोलखा जिल्ला सभापति बर्मा लामा छन् ।

IMG-20261006-WA0003-1791282895.jpg
 
यस्तै, समर्थकमा नुवाकोट कांग्रेसका सभापति तथा बागमती प्रदेश सभा सदस्य रमेशकुमार महत, सिन्धुपाल्चोक २ का क्षेत्रीय सभापति एवं बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ र मकवानपुरका प्रभातकुमार दाहाल छन्।

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बानियाँले मंगलबार बिहान काठमाडौंको थापाथलीस्थित बानेश्वर हिल्समाआयोजित बागमती प्रदेशस्तरीय अन्तरसंवादमा खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारीको औपचारिक घोषणा गरेका थिए ।

प्रकाशित मिति: १६:२० बजे, मंगलबार, असोज २०, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्