कांग्रेसको खुला केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी
पार्टी संगठनमा निरन्तर सक्रियता, विद्यार्थी राजनीतिबाट हासिल गरेको नेतृत्व अनुभव, महासमिति सदस्यको जिम्मेवारी तथा पछिल्लो समय केन्द्रीय राजनीतिमा देखिएको सक्रियतालाई आधार बनाउँदै पाण्डेले केन्द्रीय सदस्य खुलातर्फ का लागि आफ्नो दाबी प्रस्तुत गर्न लागेको बताएका छन् ।
काठमाडौं, असोज २० : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जा क्षेत्र नं. २ बाट प्रभावशाली युवा नेता युवराज पाण्डेले केन्द्रीय सदस्य (खुलातर्फ) उम्मेदवारी घोषणा गरेका छन् । विद्यार्थी राजनीतिबाट पार्टीको मूलधारमा प्रवेश गरेका पाण्डेले लामो समय संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
शालीन, भद्र र संगठनमा निरन्तर सक्रिय नेताका रूपमा परिचित पाण्डेको केन्द्रीय सदस्य (खुलातर्फ) को उम्मेदवारीलाई कांग्रेसभित्र नयाँ पुस्ताको प्रतिनिधित्व र केन्द्रीय राजनीतिमा युवाको हस्तक्षेप बढाउने प्रयासका रूपमा हेरिएको छ।
स्याङ्जा क्षेत्र नं. २ को संगठनात्मक आधारसँगै केन्द्रीय राजनीतिमा बनाएको पहुँच र विद्यार्थी आन्दोलनदेखि पार्टी संगठनसम्मको अनुभवलाई पाण्डेले आफ्नो उम्मेदवारीको आधार बनाएका छन् । कांग्रेसमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस चलिरहेका बेला पाण्डेको उम्मेदवारी केवल व्यक्तिगत राजनीतिक उन्नतिको प्रयास नभई नयाँ पुस्तालाई पार्टीको केन्द्रीय निर्णय प्रक्रियामा स्थापित गर्ने प्रयासका रूपमा समेत हेरिएको छ ।
पार्टी संगठनमा निरन्तर सक्रियता, विद्यार्थी राजनीतिबाट हासिल गरेको नेतृत्व अनुभव, महासमिति सदस्यको जिम्मेवारी तथा पछिल्लो समय केन्द्रीय राजनीतिमा देखिएको सक्रियतालाई आधार बनाउँदै पाण्डेले केन्द्रीय सदस्य खुलातर्फ का लागि आफ्नो दाबी प्रस्तुत गर्न लागेको बताएका छन् ।
पाण्डेले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । नेपाल विद्यार्थी संघमा सक्रिय रहँदै उनले महामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । विद्यार्थी संगठनको नेतृत्वदेखि पार्टीको मूलधारसम्म आइपुग्दा उनले संगठन सञ्चालन, कार्यकर्ता परिचालन र राजनीतिक समन्वयको अनुभव हासिल गरेका छन् ।
हाल उनी नेपाली कांग्रेसका महासमिति सदस्य पनि हुन्। विद्यार्थी राजनीतिमा हासिल गरेको अनुभवलाई पार्टी संगठनसँग जोड्दै पाण्डे पछिल्लो समय कांग्रेसको केन्द्रीय राजनीतिमा समेत सक्रिय देखिँदै आएका छन् । विशेष महाधिवेशनमार्फत कांग्रेसमा नयाँ नेतृत्व, पुस्तान्तरण र संगठन सुदृढीकरणको बहस अघि बढिरहेका बेला पाण्डेको सक्रियतालाई पनि सोही राजनीतिक परिवेशसँग जोडेर हेर्ने गरिएको छ । उनी कांग्रेस सभापति गगन थापाको सचिवालय टिममा बसेर समेत राजनीतिलाई थप नजिकबाट निहालेका छन् ।











