कोरोना भाइरसबाट अमेरिकामा १८ लाख ८० हजार संक्रमित
काठमाडौं, जेठ २१ : कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ८ हजार ४८ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार १२३....

काठमाडौं, जेठ २१ : कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ८ हजार ४८ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार १२३ जनाको मृत्यु भएको हो ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ८०८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १८ लाख ८० हजार १३१ पुगेको छ ।
कुल संक्रमितमध्ये ६ लाख २५ हजार २६५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ४६ हजार ८१८ जनामध्ये १७ हजार ९४ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रकाशित मिति: ०६:४८ बजे, बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












