नयाँ पुस्ताको आवाज बन्न महामन्त्रीमा उपाध्यायको उम्मेदवारी
कांग्रेसको १५ औँ महाधिवेशनको सन्दर्भमा धारणा सार्वजनिक गर्दै उनले क्षमता, योगदान र जनसम्बन्धका आधारमा युवालाई अवसर दिनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार नयाँ पुस्ताले कांग्रेसमा नेतृत्व पुस्तान्तरण मात्र होइन, नयाँ सोच, कार्यशैली, जवाफदेहिता र समयअनुकूल निर्णय क्षमताको अपेक्षा गरेको छ। बदलिँदो जनभावना र युवाको अपेक्षालाई आत्मसात् गर्दै पार्टीलाई थप गतिशील र जनमुखी बनाउनुपर्ने उनको भनाइ छ।
काठमाडौं, असोज १७ : नेपाली कांग्रेसका युवा नेता डा. सन्तोष उपाध्यायले पार्टीमा नयाँ पुस्ताको सहभागिता र नेतृत्वलाई बलियो बनाउन महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।
कांग्रेसको १५ औँ महाधिवेशनको सन्दर्भमा धारणा सार्वजनिक गर्दै उनले क्षमता, योगदान र जनसम्बन्धका आधारमा युवालाई अवसर दिनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार नयाँ पुस्ताले कांग्रेसमा नेतृत्व पुस्तान्तरण मात्र होइन, नयाँ सोच, कार्यशैली, जवाफदेहिता र समयअनुकूल निर्णय क्षमताको अपेक्षा गरेको छ। बदलिँदो जनभावना र युवाको अपेक्षालाई आत्मसात् गर्दै पार्टीलाई थप गतिशील र जनमुखी बनाउनुपर्ने उनको भनाइ छ।
उपाध्यायले पार्टीभित्र क्षमता, अनुभव, राजनीतिक संस्कार र संगठनको गहिरो बुझाई भएका थुप्रै युवा रहे पनि उनीहरूले पर्याप्त अवसर र जिम्मेवारी नपाएको उनको ठहर छ। नेताको गुणगान वा व्यक्तिगत पहुँचका आधारमा नभई योग्यता, योगदान र जनसम्बन्धका आधारमा अवसर दिने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा उनको जोड छ। आफू कुनै व्यक्तिको चाकडी नगरी क्षमता र योगदानका आधारमा अवसर पाउनुपर्छ भन्ने पुस्ताको आवाज बन्न चाहेको उनले बताएका छन् ।
उपाध्यायले आफ्नो नेतृत्व यात्रा अछामबाट सुरु भएको र चिकित्सा, सामाजिक सेवा, संगठन, सञ्चार, खेलकुद तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेको विवरण सार्वजनिक गरेका छन्।
उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमबीबीएस गरेका छन् भने अमेरिकाको rd Medical School मा Leadership in Medicine अध्ययन गरेका छन्। चिकित्सा क्षेत्रको अध्ययनसँगै उनले सामाजिक सेवामा पनि काम गर्दै आएका छन् । अछाम जिल्ला अस्पतालमा नवजात शिशुको उपचारका लागि सहयोग, कोभिड–१९ महामारीका क्रममा स्वास्थ्य सामग्री सहयोग तथा देशका विभिन्न क्षेत्रमा ५० भन्दा बढी स्वास्थ्य शिविरमा उनले सहभागिता जनाइसकेका छन्।
उपाध्यायले आफू करिब १७ वर्षदेखि नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघसँग आबद्ध रहेको बताएका छन् । यसलाई उनले संगठनलाई बाहिरबाट हेरेर नभई लामो समयदेखि संगठनभित्र रहेर काम गरेको अनुभवका रूपमा प्रस्तुत गरेका छन् ।
सार्वजनिक संवाद र कान्तिपुर टिभी लगायतक सञ्चार क्षेत्रमा पनि उनले काम गरेका छन् । खेलकुद व्यवस्थापनतर्फ नेपाल भलिबल लिगमा प्रमुख कार्यकारी निर्देशक तथा सह(मालिकका रूपमा काम उनले काम गरिरहेका छन्। त्यस्तै, अन्तर्राष्ट्रियस्तरमा ३० देशका करिब ४०० प्रतिनिधि सहभागी सम्मेलनको नेतृत्वदेखि विभिन्न अन्तर्राष्ट्रिय संस्थामा जिम्मेवारी सम्हालेको विवरण पनि उनले सार्वजनिक गरेका छन्।
उपाध्यायले कांग्रेसको आगामी यात्रामा नयाँ पुस्तालाई केवल भविष्यको शक्ति नभई वर्तमान नेतृत्वकै महत्वपूर्ण हिस्साका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । आगामी स्थानीय निर्वाचनमा युवा नेतृत्व र उम्मेदवारको उल्लेख्य सहभागिता सुनिश्चित गर्दै कांग्रेसलाई जनतासँग थप जोड्ने अभियानमा सक्रिय हुने उनको भनाइ छ ।











