वरिष्ठ पत्रकार लम्सालको निधन
नेपाली पत्रकारितामा ५० वर्षभन्दा बढी समय क्रियाशील रहेका उनी राष्ट्रवाणी साप्ताहिकलाई प्रकाशन गरिरहेका थिए।
काठमाडौं, असाेज १७ : वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि फोक्सोको उपचार गराइरहेका थिए।
लम्साल नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्वसभापति हुन्।
नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले पत्रकार लम्सालको निधनप्रति दुःख व्यक्त गरेका छन्।
नेपाली पत्रकारितामा ५० वर्षभन्दा बढी समय क्रियाशील रहेका उनी राष्ट्रवाणी साप्ताहिकलाई प्रकाशन गरिरहेका थिए।
उनका दुई छोरा, दुई छोरी र श्रीमती छन्।
प्रकाशित मिति: १४:३१ बजे, शनिबार, असोज १७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार