Kathmandu Press

चैनपुरमा जन्ती बस दुर्घटना, दुईको मृत्यु

हेटौँडा, फागुन २८ : मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्....

चैनपुरमा जन्ती बस दुर्घटना, दुईको मृत्यु

हेटौँडा, फागुन २८ : मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

मंगलबार भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करीब २ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी १७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि हेटौडा अस्पताल लगिएको छ ।

बस सडकबाट तल खसेको छ । उद्धार चलिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५:४४ बजे, मंगलबार, फागुन २८, २०७५