Kathmandu Press

वर्षापछि नागरिकको जीवन रक्षा र तत्काल उद्धारमा जोड दिन सांसद अर्यालको माग

कतिपय नागरिक सम्पर्कविहीन रहेको र केही परिवार सुरक्षित स्थानको खोजीमा रहेको बताइन्। 
वर्षापछि नागरिकको जीवन रक्षा र तत्काल उद्धारमा जोड दिन सांसद अर्यालको माग

काठमाडौं, असाेज १२ : नेकपा एमालेकी सांसद पदम कुमारी अर्यालले असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वर्षाका कारण कतै बस्ती डुबानमा परेको, कतै पहिरोले घर पुरिएको तथा सडक र पुलहरू क्षतिग्रस्त भएको बताइन्। कतिपय नागरिक सम्पर्कविहीन रहेको र केही परिवार सुरक्षित स्थानको खोजीमा रहेको बताइन्। 

उनले यस्तो अवस्थामा सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा गर्नु रहेको बताउँदै तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न माग गरिन् । साथै, बाढीपहिरोबाट भएको क्षतिको यथार्थ विवरण तत्काल संकलन गर्नुपर्नेमा पनि उनले जोड दिइन्।

कालीगण्डकीलाई तटीय क्षेत्र बनाएर गण्डकी प्रदेशका मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतलगायत ११ जिल्ला बाढी, पहिरो, हिमपहिरो र डुबानबाट प्रभावित भएको उनले बताइन् ।

बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताइन्। 

प्रकाशित मिति: ११:५९ बजे, सोमबार, असोज १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्