Kathmandu Press

बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति रास्वपाद्वारा दुस्ख व्यक्त

यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको हो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । 
बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति रास्वपाद्वारा दुस्ख व्यक्त

काठमाडौं, असोज १२ : अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले पुर्‍याएको अकल्पनीय जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गहिरो दुःख व्यक्त गरेको छ । 

यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको हो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । 

विपद् जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको पूर्वतयारी तथा हाल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सम्बद्ध निकायहरूबाट अहोरात्र खटिएर भइरहेको उद्धार कार्यप्रति आभार व्यक्त गर्दछौं । राज्यको भरमग्दुर प्रयासका बाबजुद पनि विपद्को स्वरूपका कारण अमूल्य मानवीय क्षति हुन पुग्नु अत्यन्तै पीडादायक छ ।

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा टरिसकेको छैन। तसर्थ, नदी तटीय क्षेत्र र पहिरोको जोखिमयुक्त स्थानमा रहनुहुने तथा अत्यावश्यक कामबाहेक यात्रामा निस्कनुहुने सम्पूर्ण आम नागरिकहरूलाई उच्च सतर्कता र विशेष सावधानी अपनाउन हामी हार्दिक अपिल गरेको छ। 

यस विषम परिस्थितिमा सरकारले गरिरहेको हालको प्रयासलाई थप गति प्रदान गर्दै प्रभावित क्षेत्रमा राहत वितरण, बेपत्ता नागरिकहरूको खोजी र घाइतेको उपचारलाई अझै युद्धस्तरमा अगाडि बढाउन हामी नेपाल सरकारसँग आग्रह पनि गरेको छ । 

विपद्पछिको अवस्थामा अवरुद्ध राजमार्गहरू तत्काल सुचारु गर्न र घरबारविहीन भएका नागरिकहरूको सुरक्षित आवास तथा पुनस्र्थापनाको कार्यमा कुनै पनि किसिमको ढिलासुस्ती नगर्न तीनवटै तहका सरकारहरूको ध्यानाकर्षण पनि रास्वपाले गराएको छ । 

प्रकाशित मिति: ०८:३७ बजे, सोमबार, असोज १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्