धिरज घिमिरे बने रास्वपा रामधुनी नगरको द्रुत कार्य टोलीको संयोजक
रास्वपा रामधुनी नगर कमिटीले घिमिरेलाई संयोजक नियुक्त गरेको हो।
सुनसरी, असोज ११ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को रामधुनी नगर द्रुत कार्य टोली विभागको संयोजकमा धिरज घिमिरे नियुक्त भएका छन्।
रास्वपा रामधुनी नगर कमिटीले घिमिरेलाई संयोजक नियुक्त गरेको हो।
रामधुनी नगरपालिका वडा नं. ३ का स्थायी बासिन्दा घिमिरे रास्वपामा रहेर राजनीतिमा सक्रिय छन्।
संयोजक नियुक्त भएपछि घिमिरेले पार्टीले सुम्पिएको जिम्मेवारी पुरा गर्न आफू कटिबद्ध रहेको बताए। जिम्मेवारीका लागि धन्यवाद व्यक्त गर्दै आगमी दिनमा सबैसँग सहयोगको अपेक्षा गरेको उल्लेख गरे।
प्रकाशित मिति: १८:१३ बजे, आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











