वर्षाले रोकियो कांग्रेस स्याङ्जा–१ को क्षेत्रीय अधिवेशन, असोज १० देखि १३ गते सम्म हुने
क्षेत्रीय कार्यसमितिले सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार असोज १० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताहुनेछ। सोही दिन साँझ ५ बजे नामावली प्रकाशन गरिनेछ भने असोज १३ गते बिहान ७ बजेदेखि मतदान हुने भएको छ।
काठमाडौं, असोज ९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन वर्षाका कारण स्थगित भएको छ। लगातारको वर्षा र प्रतिकूल मौसमलाई मध्यनजर गर्दै असोज १० गतेका लागि तय गरिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित गरिएको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र न १ स्याङ्जाले जनाएको हो।
क्षेत्रीय कार्यसमितिले सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार असोज १० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताहुनेछ। सोही दिन साँझ ५ बजे नामावली प्रकाशन गरिनेछ भने असोज १३ गते बिहान ७ बजेदेखि मतदान हुने भएको छ। यसअघि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज ३ गतेदेखि १५औँ महाधिवेशनअन्तर्गत वडा तथा नगर अधिवेशनहरू सम्पन्न भइरहेका छन्। सोही क्रममा स्याङ्जा क्षेत्र नं. १ अन्तर्गतका क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया अघि बढेको थियो।
क्षेत्रीय कार्यसमितिले मौसम विभागलगायत विभिन्न निकायबाट असोज ८ देखि ११ गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको सूचना प्राप्त भएको र प्रतिकूल मौसमका कारण अधिवेशन प्रभावित हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै असोज १० गतेको अधिवेशन स्थगित गरिएको जनाएको छ।
स्थगित अधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र न १ तथा प्रदेशसभा ‘क’ र ‘ख’ का क्षेत्रीय अधिवेशनसम्बन्धी कार्यक्रम पुनः निर्धारणगरिएको छ। सम्बन्धित क्षेत्रीय प्रतिनिधि, उम्मेदवार तथा नेपाली कांग्रेसका सदस्यहरूलाई संशोधित कार्यतालिकाअनुसार उपस्थित भई अधिवेशन प्रक्रियामा सहभागी हुन क्षेत्रीय कार्यसमितिले आग्रह गरेको छ।




-1790332718.jpg)




-1790332718.jpg)

