लकडाउनमा १३ सुत्केरीकाे हेलिकप्टरमार्फत उद्धार
काठमाडौं, जेठ २० : दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीकाे लकडाउनमा उद्धार गरिएको छ। यो अवधिमा १३ महिलाको उद्धार गरिएको हो।
....
काठमाडौं, जेठ २० : दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीकाे लकडाउनमा उद्धार गरिएको छ। यो अवधिमा १३ महिलाको उद्धार गरिएको हो।
बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत समस्यामा परेको सुत्केरी महिलालाई निःशुल्क हवाईसेवाबाट उद्धार गरिएको हो। अहिलेसम्म १०३ महिलाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार कार्यविधि २०७५ बमोजिम हवाई उद्धार गरिरहेको प्रशानसन प्रमुख अन्जु ढुगानाले बताइन्। ‘२०७५ पुस ७ गतेदेखि सञ्चालन गरिएको हवाई उद्धार कार्यक्रम निकै प्रभावकारी भएको छ,’ उनले भनिन्।
नेपालका दुर्गम क्षेत्रमा स्थानीय तहमा अस्पताल र स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेका र गर्भवती हुँदा जटिल समस्या भएकालाई तत्काल उद्धार गर्ने गरिएको उनले बताइन् । उनका अनुसार उद्धार गरिएको गर्भवती महिलालाई काठमाडौंको अर्थात नजिकको राम्रो अस्पतालमा लगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
लकडाउनयता पनि १३ महिलाको उद्धार गरिएको छ। यो अधिवमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ की २२ वर्षीया सिर्जना तामाङ, सोलखुम्बको सोताग गाउँपालिका–५ की ३० वर्षीया पुष्पकला राई, डोल्पाको ठूलीभेरी नगरपालिकाकी २० वर्षीया शान्ती बुढाको उद्धार गरिएको छ।
त्यस्तै, रुकुमको पुथाउत्तरगंगा गाउँपालिका–२ की ३१ वर्षीया रमिता झाक्री, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ की २४ वर्षीया पञ्चीमाया भरला, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ की २४ वर्षीया सुपारी विकको उचार गरिएको मन्त्रालयले जनाएको छ।
यसैगरि डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–७ की १८ वर्षीया विपना रोकाय भरला, मुगुको सरु गाउँपालिका–१ की १८ वर्षीया ममता लावड, सरु–६ की १८ वर्षीया बैजेदेवी शाही, रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ की २७ वर्षीया छिरिङ्ग तामाङ, डोल्पाको ठूलीभेरी नगरपालिका–५ की २० वर्षीया शान्ती बुढा, अछामको रामारोशन गाउँपालिका–६ की २४ वर्षीया देउवा साउदको उद्धार गरिएको हो।
स्थानीय तहका अस्पताल अथवा जिल्ला प्रशासन कार्यालयको सूचनाका आधारमा उद्धार गरिँदै आएको मन्त्रालयले जनाएको छ। प्रश्रव व्यथा लागेर बच्चा पाउन समस्या भएको, अप्रेशन गर्न नसकिने भई थप उपचारको लागि लैजानुपर्ने अवस्थामा प्राप्त सूचनाको आधारमा नजिकको अस्पतालमा लग्ने गरिएको उनले बताइन्।
यसका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग हुँदै आएको छ। यसका लागि सेनालाई भाडा दिने गरिएको छ। अहिलेसम्म एक जना उद्धार गर्दा ४० हजारदेखि चार लाख रुपैयाँसम्म भुक्तानी गरिएको उनले बताइन्।
हवाई उद्धारका लागि चालु आर्थिक वर्षमा पाँच करोड बजेट छुट्याइएको थियो। जसमा एक करोड २४ लाख भुक्तानी दिइएको छ भने १४ लाख भुक्तानी दिन बाँकी रहेको छ। आगामी आर्थिक वर्षमा पनि पाँच करोड बजेट छुट्याइएको छ।












-(86)-1764936079.jpg)