Kathmandu Press

देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सुनसरी र उदयपुरमा मुख्य सडक बन्द छन्। 
देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द
ग्याबियन वाल भासिएपछिको पृथ्वी राजमार्गको कृष्णभिरमा सडक।

काठमाडौं, असाेज ९ : जिल्ला प्रशासन कार्यालयहरूबाट प्रकाशित सूचनाअनुसार देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सुनसरी र उदयपुरमा मुख्य सडक बन्द छन्। 

त्यस्तै, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, ललितपुर र चितवनमा सडक बन्द भएको जनाइएको छ।

गण्डकी प्रदेशका लमजुङ र म्याग्दी, लुम्बिनी प्रदेशका रोल्पा, दाङ र रुकुम पूर्व तथा कर्णाली प्रदेशको रुकुम पश्चिममा पनि मुख्य सडक बन्द छन्।

सुदूरपश्चिम प्रदेशका बझाङ र बैतडीमा समेत मुख्य सडक बन्द रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त सूचनाका आधारमा सडक बन्द भएका जिल्लाको विवरण सार्वजनिक गरेको हो। 

प्रकाशित मिति: १२:२९ बजे, शुक्रबार, असोज ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्