Kathmandu Press

१४औँ महाधिवेशनका ‘लोकप्रिय’ मत पाएका क्षेत्री पुन: महाधिवेशन प्रतिनिधिको दौडमा

१४ औँ महाधिवेशनमा लोकप्रिय मत (दोश्रो स्थानमा बिजयी) सहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका क्षेत्री अधिकारीले यसपटक पनि स्याङ्जा क्षेत्र नं. १ बाट उम्मेदवारी दिने भएका हुन् ।
१४औँ महाधिवेशनका ‘लोकप्रिय’ मत पाएका क्षेत्री पुन: महाधिवेशन प्रतिनिधिको दौडमा

स्याङ्जा, असोज १० : नेपाली काँग्रेसका युवा नेता अजित क्षेत्री अधिकारीले पार्टीको १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भएका छन् ।  १४ औँ महाधिवेशनमा लोकप्रिय मत (दोश्रो स्थानमा बिजयी) सहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका क्षेत्री अधिकारीले यसपटक पनि स्याङ्जा क्षेत्र नं. १ बाट उम्मेदवारी दिने भएका हुन् ।

विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा प्रवेश गरेका क्षेत्री अधिकारीले लामो समयदेखि नेपाली काँग्रेसको संगठन निर्माण र युवा परिचालनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनी जिल्ला हुँदै प्रदेश तहसम्मका पार्टी गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन् ।

हाल नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य तथा कार्यसम्पादन समितिमा सक्रिय क्षेत्री अधिकारी गण्डकी प्रदेश भातृ संस्था समन्वय विभागका प्रमुख समेत हुन् । पार्टीमा युवाको अर्थपूर्ण सहभागिता बढाउँदै संगठनलाई थप गतिशील बनाउने उद्देश्यसहित आफूले पुनः महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन लागेको क्षेत्री अधिकारीले बताएका छन् । 

उनले पार्टीको नीति, विचार र संगठनलाई समयानुकूल बनाउँदै पुस्तान्तरणलाई व्यवहारमै अघि बढाउन युवा नेतृत्वको भूमिका महत्वपूर्ण रहेको बताए । १४ औँ महाधिवेशनमा प्राप्त जनमतलाई संगठनप्रतिको विश्वासका रूपमा लिँदै यसपटक पनि प्रतिनिधिका रूपमा पार्टीको नीति निर्माण र संगठन सुदृढीकरणमा योगदान गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: ०७:१२ बजे, शुक्रबार, असोज ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्