Kathmandu Press

२१ वर्षमै क्षेत्रीय प्रतिनिधि बने स्याङ्जाका किशोर पौडेल

सानै उमेरबाट नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय पौडेलले १८ वर्षकै उमेरमा सर्वोदय माध्यमिक विद्यालयको नेविसंघ सभापति र १९ वर्षमा नेविसंघ आँधिखोला गाउँपालिका सभापतिको जिम्मेवारी सम्हालेका थिए।
२१ वर्षमै क्षेत्रीय प्रतिनिधि बने स्याङ्जाका किशोर पौडेल

स्याङ्जा, असोज ७ : आँधिखोला गाउँपालिका–१, भाकिम्लेमा जन्मिएका किशोर पौडेल २१ वर्षको उमेरमै नेपाली कांग्रेस आँधिखोला गाउँपालिका स्याङ्जाबाट क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्।

सानै उमेरबाट नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय पौडेलले १८ वर्षकै उमेरमा सर्वोदय माध्यमिक विद्यालयको नेविसंघ सभापति र १९ वर्षमा नेविसंघ आँधिखोला गाउँपालिका सभापतिको जिम्मेवारी सम्हालेका थिए।

पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा सदस्य पदका प्रत्याशीसमेत बनेका पौडेल राजनीतिसँगै गीत, कविता तथा गजल लेखन र गायनमा पनि सक्रिय छन्।

युवा पुस्ताको सक्रिय सहभागिताबाट कांग्रेस संगठनलाई थप मजबुत बनाउँदै राजनीतिलाई जनमुखी बनाउने आफ्नो लक्ष्य रहेको पौडेलले बताएका छन्।

प्रकाशित मिति: १०:५३ बजे, बुधबार, असोज ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्