रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ ७ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार विवरण बाहिर ल्याएको हो ।
काठमाडौं, असाेज७ : रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ ७ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार विवरण बाहिर ल्याएको हो ।
फेला परेका मृतकको विवरणमा ५४५ पुरुष, ३३६ महिला तथा ५३० वटा आंशिक मानव अंगहरू रहेका छन् । बाढीमा परेर अझै ५ हजार ७०५ जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।
बाढीका कारण विभिन्न जिल्लाहरूमा मानवीय क्षति पुगेको छ । संकलित विवरण अनुसार सबैभन्दा धेरै चितवनमा ३६७ जनाको मृत्यु भएको छ । यस्तै नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २३६, रसुवामा २०३, गोरखामा ७९, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको ज्यान गएको छ । खोजी तथा उद्धारका क्रममा हालसम्म १३ हजार ७९५ जनाको सकुशल उद्धार गरिएको छ ।