ब्रेस्ट क्यान्सरसँग लडिरहेकी सविनाको उपचारका लागि सहयोगको अपिल
सविना लेख्छिन्- यस कठिन परिस्थितिमा तपाईंको सानोभन्दा सानो सहयोगले पनि मेरो उपचारलाई निरन्तरता दिन ठूलो हौसला र आसा प्रदान गर्ने छ।
काठमाडौं, असोज ५ : सुनसरीको रामधुनी–३, झुम्का निवासी सविना विष्ट (कार्की) विगत एक वर्षदेखि चौथो चरणको ब्रेस्ट क्यान्सरको उपचारमा छिन्। भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत सविनाको उपचारका क्रममा ठूलो आर्थिक खर्च भइरहेको छ।
हरेक पटकको उपचार तथा यात्रामा लाखौँ रुपैयाँ खर्च हुने भएकाले मध्यमवर्गीय परिवारलाई उपचार खर्च धान्न कठिन भइरहेको परिवारले जनाएको छ। उपचारमा आर्थिक कठिनाई आएपछि परिवारले सम्पूर्णमा सहयोगको अपिल गरेको छ।
सविना क्यान्सरबाट पीडित हुनुअघि नर्सिङ पेसामा संलग्न थिइन्। १ वर्षअघि ब्रेस्टमा सामान्य घाउजस्तो देखिएपछि परीक्षण गराउँदा डाक्टर क्यान्सरको आशंका गरेका थिए। त्यसपछि डाक्टरहरुको सल्लाहमै सविनालाई थप परीक्षणका लागि राजीव गान्धी क्यान्सर अस्पताल लगिएको थियो। त्यहाँको परीक्षणपछि सविनालाई क्यान्सर भएको, त्यो चरणमा रहेको प्रमाणित भएको थियो।
राजीव गान्धी क्यान्सर अस्पतालका डाक्टरकै सल्लाहअनुसार विराटनगरको विराट टिचिङ अस्पतालमा पनि सविनाको उपचार भइरहेको छ।
क्यान्सरबाट पीडित भएपछि सविना आफ्नो पीडालाई भुलाउन सामाजिक सञ्जालमा सक्रिय छिन्। उनले फेसबुक र टिकटकमा थुप्रै मोटिभेसन दिने खालका भिडियोहरू बनाएर पोस्ट गरेकी छिन्।
तर, उपचारमा आर्थिक अभाव आउन थालेपछि सबिना आफैंले पनि आफ्नो जीवन रक्षाका लागि अपिल गरेकी छिन्। उनले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै लेखेकी छिन्– ‘उपचारको क्रममा अहिलेसम्म ठूलो आर्थिक खर्च भइसकेको छ, थप उपचारका लागि पनि निरन्तर खर्च भइरहने अवस्था छ। यस कठिन परिस्थितिमा तपाईंको सानोभन्दा सानो सहयोगले पनि मेरो उपचारलाई निरन्तरता दिन ठूलो हौसला र आसा प्रदान गर्ने छ। आर्थिक सहयोग गर्ने सक्नुहुन्छ भनेसहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। सहयोग गर्न नसक्नेहरुले यो सन्देश सेयर गरिदिनुहोस्, ताकि यो अपिल सहयोगी मनहरूसम्म पुग्न सकोस्। तपाईंहरूको सानो सहयोग मेरो जीवनको ठूलो आशा बन्न सक्छ।’
सहयाेगका लागि

Name: Sabina Bista
account no: 2525750520682003
Bank : NIC Asia Bank (Biratnagar)
Mobile no : 9825344448











