Kathmandu Press

गुडिरहेको बसमा आगलागी, चालक लामाको उपचार हुँदै 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका छन्। उनलाइ उपचारका लागि बर्न अस्पताल लगिएको सुवेदीले बताए।
गुडिरहेको बसमा आगलागी, चालक लामाको उपचार हुँदै 

काठमाडौं, असाेज ५ : काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि रिद्धिसीद्धी यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । सोमबार दिउँसो साढे १२ बजेतिर भक्तपुरबाट थानकोट जाने क्रममा बसमा आगलागी भएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका छन्। उनलाइ उपचारका लागि बर्न अस्पताल लगिएको सुवेदीले बताए।

यसैगरी गाडीमा आगो लाग्नुको कारण खोजी भइरहेको एसपी सुवेदीले बताए।

साथै एक प्रत्यक्षदर्शीका अनुसार बस आगलागी भएको देखिएपनि कारण खुल्न सकेको छैन।

कसरी आगलागी भयो भन्नेबारे थाहा नभएको ति प्रत्यक्षदर्शीले बताए। ड्राइभरको सिट नजिकैबाट आगलागी भएको देखिएको उनले बताए। आगलागीबाट भएको क्षतिको विवरणसमेत आउन बाँकी रहेको छ।

प्रकाशित मिति: १४:०० बजे, सोमबार, असोज ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्