Kathmandu Press

एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे सचिवालयमा छलफल

‘बैठकले केन्द्रीय समितिमा हुने एजेन्डाका बारेमा छलफल गरेको छ। एजेण्डाहरुमा श्रद्धाञ्जली, अध्यक्षको मन्तव्य, मनोनित गर्ने केन्द्रीय सदस्यहरु त्यसपछि अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषयमा छलफल भयो,’ उनले भने।
एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे सचिवालयमा छलफल

काठमाडौं, असाेज ५ : नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे छलफल गरेको छ। 

पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय समितिमा लैजाने एजेन्डाबारे मात्र छलफल भएको पार्टीका उपमहासचिव लेखराज भट्टले बताए।

‘बैठकले केन्द्रीय समितिमा हुने एजेन्डाका बारेमा छलफल गरेको छ। एजेण्डाहरुमा श्रद्धाञ्जली, अध्यक्षको मन्तव्य, मनोनित गर्ने केन्द्रीय सदस्यहरु त्यसपछि अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषयमा छलफल भयो,’ उनले भने।

यसैगरी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मन्तव्य र राजनीतिक प्रतिवेदन पेश गर्ने तथा छलफल गर्ने एजेन्डा रहेको छ।

साथै विभिन्न कमिटीमा सदस्यहरु मनोनित गर्ने निर्णय भएको समेत भट्टले बताए । त्यस्तै बैठकले एमाले निर्वाचन समिक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी एकीकृत प्रतिवेदन पारित गरेको छ।

प्रकाशित मिति: १३:४९ बजे, सोमबार, असोज ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्