Kathmandu Press

माथिल्लो त्रिशूली–१ टनेलमा भेटियो ६ जनाको शव

अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा ६ वटा शवहरू भेटिएको नेपाली सेनाले जनाएको छ। 
माथिल्लो त्रिशूली–१ टनेलमा भेटियो ६ जनाको शव

काठमाडौं, असोज २ : खोज तथा उद्धारका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा ६ जनाको शव भेटिएको छ।

अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा ६ वटा शवहरू भेटिएको नेपाली सेनाले जनाएको छ। 

‘माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा फेला परेका ६ वटा शवहरूलाई ग्राइन्डर, ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी बाहिर निकालिएको छ,’ सेनाले भनेको छ। 

टनेलभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शव जस्तो आकृति देखिएकोले उक्त इलाकामा खोजी कार्य भइरहेको सेनाले जनाएको छ।
 
प्रकाशित मिति: १४:१६ बजे, शुक्रबार, असोज २, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्