काठमाडौँ, असोज २ : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
सरकारका नियमित तथा समसामयिक विषयहरूमा छलफल र निर्णय गर्न बैठक बोलाइएको हो।
प्रकाशित मिति: ११:५८ बजे, शुक्रबार, असोज २, २०८३