Kathmandu Press

राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ ।  
राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, असाेज २ : सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको चालु अधिवेशनको ४७ औँ बैठक आज अपराह्न १ः१५ बजे बस्दै छ । 

सङ्घीय संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ ।  

कार्यसूचीअनुसार बैठकको सुरुमा सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर जानकारी गराउने कार्यक्रम रहेको छ । त्यसपछि प्रश्नोत्तर सत्रअन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन् ।

 यसैगरी बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदनहरू सभासमक्ष पेस गर्ने कार्यसूची तय गरिएको छ।  

बैठकमा सभाकी सदस्य मदन कुमारी शाह (गरिमा) ले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माण सम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: ०८:१७ बजे, शुक्रबार, असोज २, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्