प्रधान सेनापति सिग्देल र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता, सैनिक सम्बन्धबारे छलफल
प्रधान सेनापति सिग्देलले बुधबार बेइजिङमा चिनियाँ रक्षा मन्त्री डोङ जुनसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा नेपाल–चीनबीचको आपसी हित तथा द्विपक्षीय सैनिक सम्बन्धका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।-1789640101-1789640288.jpg)
काठमाडौं, असोज १ : मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले चिनियाँ रक्षा मन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधान सेनापति सिग्देलले बुधबार बेइजिङमा चिनियाँ रक्षा मन्त्री डोङ जुनसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा नेपाल–चीनबीचको आपसी हित तथा द्विपक्षीय सैनिक सम्बन्धका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
भेटवार्ताले नेपाल र चीनबीच कायम मैत्रीपूर्ण तथा सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षबीच विचार आदानप्रदानको अवसर प्रदान गरेको छ।
यसैबीच, प्रधान सेनापति सिग्देलले सोही दिन चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (NDU) को निरीक्षण भ्रमण गरेका छन्। भ्रमणका क्रममा विश्वविद्यालयका गतिविधि तथा सैन्य शिक्षा र तालिमसँग सम्बन्धित विषयबारे जानकारी लिएको बताइएको छ।
प्रधान सेनापति सिग्देल बेइजिङमा आयोजित १३औँ बेइजिङ स्याङसान फोरम (The 13th Beijing Xiangshan Forum) को उद्घाटन सत्रमा समेत सहभागी भएका छन्।

-1789640101-1789640288.jpg)









