सांसद बरालको प्रश्न- जनता भोकमरीमा पर्न थाले, सरकारलाई ध्यान छ कि छैन?
‘कति दिन राम्रो, नराम्रो भन्दै जाने हो? सरकारलाई ध्यान छ कि छैन? जनता भोकमरीमा पर्न थाले,’ उनले भनिन्।
काठमाडौं, असाेज १ : नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको अभाव र महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ग्यास नपाउँदा जनता समस्यामा परेको र सरकारले त्यसबारे जवाफदेही बन्नुपर्ने बताइन्।
सांसद बरालले सरकारलाई बजारमा ग्यासको अभाव हुनुको कारणबारे जवाफ दिन माग गरिन्। उनले बजारमा ग्यास किन नपाइएको, महँगी किन बढेको र जनता किन समस्यामा परिरहेका छन् भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताइन्।
‘कति दिन राम्रो, नराम्रो भन्दै जाने हो? सरकारलाई ध्यान छ कि छैन? जनता भोकमरीमा पर्न थाले,’ उनले भनिन्।
बरालले ग्यास अभावका कारण सर्वसाधारणले आफूहरूसँग ग्यास मिलाइदिन आग्रह गरिरहेको बताइन् । उनले बजारमा ग्यास अभावबारे एमालेले ग्यास लुकाएको भन्दै समाचार लेखिएको विषयमा पनि आपत्ति जनाइन् ।
उनले भनिन्,‘जनता दिनका दिन रोइरहेका छन् । ग्यास छैन दिदी, हामीलाई एउटा ग्यास मिलाइदिनुस् न भन्छन् । बजारमा एमालेले ग्यास लुकाएर हामी ग्यास बजारमा अलपत्र भयौँ, हामीले पाएनौँ भनेर लेख्ने मिडिया या लेखाउने सरकार सम्बन्धित यहाँका मान्यज्यू को हो ?’
उनले यदि एमालेले ग्यास लुकाएको भए कारबाही गर्न र नभए त्यस्तो समाचार लेख्ने मिडिया तथा सम्बन्धित निकायमाथि कारबाही गर्न माग गरिन् ।
बरालले सरकारलाई जनताको समस्याप्रति गम्भीर बन्न आग्रह गर्दै सभामुखमार्फत सरकारलाई तत्काल समस्या समाधानका लागि निर्देशन दिन माग गरिन् ।
‘सभामुखज्यूले एक हप्ताभित्र सरकारलाई के समस्या हो, किन समस्या हो, बजारमा जनताहरू किन भोकमरीमा छन्, किन समस्यामा छन् भनेर निर्देश दिनको लागि म सभामुखज्यूलाई आग्रह गर्दछु,’ उनले भनिन् ।
उनले सरकारले विगतको सरकारको नैतिकताको प्रश्न उठाउने गरेको भन्दै अहिले जनताले भोगिरहेको समस्याको जिम्मेवारी लिनुपर्ने बताइन् ।
बरालले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारमाथि पनि प्रश्न उठाउँदै जनतालाई ग्यास अभाव र भोकमरीको अवस्थामा नपु¥याउन आग्रह गरिन् ।
‘यो सरकारले मलाई भन्न मन छैन, अहिले पनि जिउ काँपिरहेको छ । किनभन्दा जनता भोक मर्न लागिसके । सरकार ग्यास च्याम्बरमा हैन, भोकमरीमा नपार,’ उनले भनिन् ।
-1789640101-1789640288.jpg)










