‘अवैधानिक रूपले महाअधिवेशन गरेर पार्टीलाई कमजोर बनाइए मुक दर्शक बनेर बस्दिनँ’
‘नेपाली कांग्रेसको विधान र नेपालको संविधान बमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाक़ी हुदापनि सहमति वेगर हतारमा कथित विषेश महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने, विभाजन गर्ने गरि अवैधानिक रूपले अधिवेशन गरेमा म पार्टीलाई कमजोर गर्ने कार्य हुदा मुक दर्शक भएर बस्न सक्ने छैन,’ उनले अपिलमा भनेका छन्।
काठमाडौं, भदौ ३० : कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भएको बताएका छन्।
मंगलबार एक अपिल जारी गर्दै देउवाले अवैधानिक रुपमा महाधिवेशनको प्रक्रिया अगाडि बढाएर पार्टीलाई कमजोर आफू मुकदर्शक भएर नबस्ने धारणा राखेका छन्।
‘नेपाली कांग्रेसको विधान र नेपालको संविधान बमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाक़ी हुदापनि सहमति वेगर हतारमा कथित विषेश महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने, विभाजन गर्ने गरि अवैधानिक रूपले अधिवेशन गरेमा म पार्टीलाई कमजोर गर्ने कार्य हुदा मुक दर्शक भएर बस्न सक्ने छैन,’ उनले अपिलमा भनेका छन्।
उनले संस्थापनले गर्न लागेको महाधिवेशनमा भाग नलिन नेता कार्यकर्तालाई अपिल गर्दै संस्थापनले गर्न लागेको महाधिवेशन पार्टी हीत विपरीतको संज्ञा दिएका छन्।
कांग्रेसभित्र देखिएको पछिल्लो विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशन पक्षधर समूहले एकपक्षीय रूपमा अघि बढ्न खोजेको आरोप लगाए।
विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान तथा कानुनी सिद्धान्तविपरीत हुने उनको दाबी छ ।
उनले प्रतिनिधिसभा निर्वाचनको परिणामबाट पनि विशेष महाधिवेशन पक्षधरले पाठ नसिकेको उनले उल्लेख गरेका छन्।
‘अवैधानिक विशेष महाधिवेशन किन गरियो भन्ने प्रश्नको जवाफ आजसम्म आम नेता–कार्यकर्ता र नेपाली जनताले पाउन सकेका छैनन्।पार्टीका अनुभवी नेतृत्वबाट निर्वाचन जित्न सकिँदैन भन्ने दुष्प्रचार गर्दै विशेष महाधिवेशन गर्नेहरूले निर्वाचन परिणामबाट समेत कुनै पाठ सिक्न नसक्नु कांग्रेस निर्माणको होइन, कांग्रेसलाई कमजोर बनाउने प्रवृत्तिको परिचायक हो,’ अपिलमा भनिएको छ।
उनले जारी गरेको अपिलमा आफू अब कुनै पनि पदका लागि लालसा नराखेको बताएका छन् । उनले असोज ३ गतेदेखि हुने महाधिवेशन अवैधानिक भएको बताउँदै भाग नलिन अनुरोध गरेका छन् ।











